
Sport Hall is Underway Chitawan

About UNKA

About UNKA

About US
Happening Now

Kick of the Week
GRAND CHAMPIONSHIP POKHARA
UP Coming
WEL-COME TO NEWLY ELECTED BOARD OF UNKA 2020-2022

Old is Gold
Are you there ?

TALK OF THE TOWN UNKA NEWS
Pokhara, Nepal हार्दिक श्रद्धाञ्जली फाइटर
View More
Message from President Bhimsen Karki

नमस्कार, OSU !!
विश्वभरी छरिएर रहेका Kyokushin Karate का खेलाडीहरूको साझा संगठन United Nepalese Kyokushin Advancement (UNKA) को महाअधिवेसनबाट संस्थाको गरिमामय अध्यक्ष पदमा निर्वाचित गर्न आफ्नो अमुल्य मत दिने सम्पूर्ण गुरुहरु र खेलाडी मित्रहरुमा म भित्री हृदय देखी नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । यहाँहरुको विश्वासको गरिमालाई उच्च आत्मसाथ गर्दै आगामी कार्यकालमा UNKA को माध्यमले नेपाल र संसारभरी छरीएर रहनु भएका क्योकुशिन तथा फुल कन्ट्याक्ट कराँतेका खेलाडी तथा गुरुहरुसँग सहकार्य गर्दै संस्थाको उद्धेश्य पुरा गर्न इमान्दारी साथ प्रयत्न गर्ने बचन बद्धता व्यक्त गर्न चाहान्छु । सबै कार्यसमिति सदस्य ज्युहरु क्षेत्रिय संयोजक ज्युहरु तथा नेपालमा रहेको फुलकन्ट्याक्ट महासंघ लगाएत विभिन्न फुलकन्ट्याक्ट Branch का खेलाडी गुरु Branch Chief ज्युहरु, खेलकुद मन्त्रालय, ओलम्पिक कमिटी तथा खेलकुद परिषदको पनि सकारात्मक साथ र सहयोगको अपेक्षा गरेको छु । OSU
भिमसेन काकी
अध्यक्ष, क्यानडा
खेलकुद परिषदका नयाँ सदस्य सचिबलाई हार्दिक बधाई
खेलकुद परिषदका नयाँ सदस्य सचिब रमेश कुमार सिल्वाललाई हार्दिक बधाई ।
नेपाली खेलकुद क्षेत्रको मुख्य केन्द्र राष्ट्रिय खेलकुद परिषदमा नव सदस्य सचिब नियुक्त रमेश सिल्वाल ज्यूलाई ग्ल्प्ब् तथा सम्पूर्ण फुल कन्ट्याक्ट कराँतेका खेलाडी तथा प्रशिक्षकहरुको तर्फबाट हार्दिक बधाई तथा कार्यकालको सफलताको लागी शुभकामना व्यक्त गर्दछौ।

AwaitedOur Prospective
सम्पूर्ण क्योकुशिन कराँते का खेलाडी, प्रशिक्षक तथा संघहरूको सहकार्य र एकतामा अबसरहरू सृजना गर्दै समग्र क्योकुशिन कराँतेको बिकास गर्ने !
नेपालमा प्रत्येक वर्ष एक अन्तराष्ट्रीय क्योकुशिन कराँते प्रतियोगिता आयोजना गरी बिदेशमा रहेका नेपाली खेलाडी तथा बिदेशी खेलाडीहरूलाई नेपालमा आमन्त्रण गरी बेदिशी टेक्नीक तथा खेल प्रबिधीलाई नेपाल भित्याउन प्रयत्न गर्ने !
UNKA ले वर्ष मा एक तौल समुह अन्तराष्ट्रीय क्योकुशिन कराँते प्रतियोगिता आयोजना गर्ने छ ! उक्त प्रतियोगीतामा नेपालमा भएका खेलाडी हरू जस्ले कम्तिमा जिल्ला स्तरिय क्योकुशिन कराते प्रतियोगीतामा पहिलो दोश्रो तेश्रो वा Best Fighter मध्ये कुनै एक पदक जितेको खेलाडी मात्र सहभागी हुन पाउने छ ! UNKA को प्रतियोगिता मा बिजयी हुने खेलाडीलाई तालिम तथा अन्तराष्ट्रीय प्रतियोगितामा खेल्ने अबसर को लागी समन्वय गर्ने छ !
सम्पूर्ण क्योकुशिन कराँते खेलाडीहरू बिच भातृत्व भाव जगाउन र खेल कौसलको बिकास गर्न वार्षिक रूपमा बन्द सिबिर, सेमिनार र Mass Training जस्ता कार्यक्रमहरू संचालन गर्ने गराउने ।
बार्षिक रूपमा नेपाल भरिबाट उत्कृष्ट ठहरिएको एक पुरूष र एक महिला क्योकुशिन ( Full Contract Karate ) खेलाडीलांई “ वर्ष खेलाडी” र २ प्रशिक्षक ( बिजेता खेलाडीका प्रशिक्षक) लाई “बर्ष प्रशिक्षक “को सम्मान र नगद पुरस्कार प्रदान गरेर हौसला बढाउने काम गर्ने र गराउने !
बिदेशमा बसेर क्योकुशिन तथा Full Contract Karate मार्फ़त नेपाल र नेपालीलाई चिनाउन प्रयत्न गर्ने खेलाडी तथा प्रशिक्षक लाई सहयोग, हौसला र सम्मान गर्ने बातावरण तैयार पार्ने
बिदेशमा हुने प्रतियेगीताहरूमा नेपाली खेलाडीहरूलाई सहभागी गराउन आबश्यक सहयोग र सरसल्लाह प्रदान गर्ने !
नेपाल अधिराज्य भरि संचालित क्योकुशिन कराँते ब्रान्च हरूले आयोजना गरेका राष्ट्रीय तथा क्षेत्रीय स्तरका प्रतियोगीताहरूमा “Best Fighter” को पदक र नगद पुरस्कार प्रायोजन गर्ने,उक्त पुरस्कार UNKA का सदस्यहरू जो नेपालमा उपलब्ध हुन्छ, उहाँकै हातबाट प्रदान गर्ने व्यबस्ता मिलाउने ।
क्योकुशिन कराँतेको बिकास र बिस्तार गर्न जीवन उर्जा खर्च गर्ने आदरणिय गुरूहरूलाई outstanding Award द्वारा सम्मान गरेर आवश्यक परेको अबस्ता मा ( औषधी उपचार ) सकेको आर्थिक सहयोग उपलब्ध गराउने !
नेपालमा आशालाग्दा खेलाडीहरूलाई स्वदेश तथा बिदेशमा तालिम तथा खाजा को सौजन्य गरी उसको खेल क्षमता बिकासमा हौसला प्रदान गर्ने ।
नेपाल मा क्योकुशिन कराँतेसंघ, फुलकन्ट्याक्ट कराँते संघ, खेलकुद परिषद तथा अन्य सम्बन्धित पक्षसंग समन्वय गरी खेलकुद प्रबर्धन, अर्थ संकलनको लागी तथा मनोरन्जनको लागी भै परी आउने तर UNKA को बिधानमा उद्देश्य मा उल्लेख नभएका सबै आवस्यक कार्यक्रम कार्यसमिति ले छलफल गरी निर्णय गरेर गर्न सक्ने छ ।